Trending
>>   नेपाली विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले ल्यायो ९.४० करोडको छात्रवृत्ति >>   प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’ >>   अफगानिस्तानको अन्तरिम सरकारले काबुल कब्जाको चौथो वार्षिकोत्सव मनायो >>   दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री >>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का
Logo
३२ श्रावण २०८२, आईतवार
३२ श्रावण २०८२, आईतवार

मिसन ०८४ को नेतृत्व ओलीले नै गर्नुपर्छः एमाले नेताहरु


काठमाडौँ। नेकपा एमालेको मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेभएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् । महासचिव पोखरेलका अनुसार मिसन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुको राय रहेको बताए । मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष नै रहेको नेताहरुले बताएको जानकारी दिए ।

उनले भने, ‘केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौँ । प्रतिष्पर्धालाई निषेध गरेका छैनौँ ।’

एमालेले प्रतिष्पर्धाको राजनीतिलाई निषेध नगरेको पनि बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?