Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

काँग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले काँग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकमा राजनीति स्थायित्व सुनिश्ति गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टराईले राजनीतिक स्थायित्वले विकास र समृद्धिको बाटो खोलेको दाबी गरेका हुन् । अराजकता र राजतन्त्र पुनःस्थापनाका हर्कतहरूलाई सरकारको सफलताले रोक्न सफल उनको दाबी छ । सांसद भट्टराईले अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको बताउँदै आर्थिक संकटको खतरा टरेको उल्लेख गरे । उनले वर्तमान सरकाले जनतामा सकारात्मक मनोविज्ञानको विकास भएको पनि बताए । विद्युत उत्पादन र निर्यात तथा कानून निर्माणमा सरकारको महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ ।

उनले भने, ‘राजनीतिक स्थायित्व मुलुकको लागि निकै चुनौतीको रुपमा खडा थियो । मुलुकमा शान्ती स्थापना तथा विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । देशका दुई मुख्य दलहरु एमाले र काँग्रेस को सहमतिको सरकारले मुलुकमा स्थायित्व सुनिश्चित भएको छ । स्थायी सरकार र स्थायीत्वलाई मुलुकको ठुलो उपलब्धीको रुपमा लिन सकिन्छ । राजनीतिक अस्थिरता, अविकास, अराजकताले उत्पन्न गरेको सामाजिक निराशा, असन्तुष्टिको मात्रा केही हदसम्म घटेको देखिन्छ । देशमा विभिन्न अराजकतावादी समहूहरुले आगो सल्काइरहेका थिए । अहिले ती हर्कतहरु निमिट्याङ भएका छन । यसलाई सरकारको सफलताको रुपमा बुझ्न सकिन्छ । वर्तमान सरकारले व्यवस्था फालेर राजतन्त्र पुनःस्थापना गर्ने हर्कतहरुलाई उठ्नै नसक्ने गरी थला पार्ने काम गरेको छ । सरकारको यो महत्वपूर्ण राजनीतिक सफलता हो । सरकार व्यवस्थाको रक्षा र संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर लागि परेको छ । अर्थतन्त्र लयमा फर्किएको छ । यसले जनतामा उत्साह पैदा गरेको छ । नेपाल आर्थिक संकटको खतराबाट जोगिएको छ । सरकारको यो सफलता देश र जनताको लागि खुशीको कुरा हो ।’

उनले राष्ट्रिय सभा कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै सबैले गम्भीर भएर लाग्नुपर्ने बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?