Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काँग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले काँग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकमा राजनीति स्थायित्व सुनिश्ति गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टराईले राजनीतिक स्थायित्वले विकास र समृद्धिको बाटो खोलेको दाबी गरेका हुन् । अराजकता र राजतन्त्र पुनःस्थापनाका हर्कतहरूलाई सरकारको सफलताले रोक्न सफल उनको दाबी छ । सांसद भट्टराईले अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको बताउँदै आर्थिक संकटको खतरा टरेको उल्लेख गरे । उनले वर्तमान सरकाले जनतामा सकारात्मक मनोविज्ञानको विकास भएको पनि बताए । विद्युत उत्पादन र निर्यात तथा कानून निर्माणमा सरकारको महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ ।

उनले भने, ‘राजनीतिक स्थायित्व मुलुकको लागि निकै चुनौतीको रुपमा खडा थियो । मुलुकमा शान्ती स्थापना तथा विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । देशका दुई मुख्य दलहरु एमाले र काँग्रेस को सहमतिको सरकारले मुलुकमा स्थायित्व सुनिश्चित भएको छ । स्थायी सरकार र स्थायीत्वलाई मुलुकको ठुलो उपलब्धीको रुपमा लिन सकिन्छ । राजनीतिक अस्थिरता, अविकास, अराजकताले उत्पन्न गरेको सामाजिक निराशा, असन्तुष्टिको मात्रा केही हदसम्म घटेको देखिन्छ । देशमा विभिन्न अराजकतावादी समहूहरुले आगो सल्काइरहेका थिए । अहिले ती हर्कतहरु निमिट्याङ भएका छन । यसलाई सरकारको सफलताको रुपमा बुझ्न सकिन्छ । वर्तमान सरकारले व्यवस्था फालेर राजतन्त्र पुनःस्थापना गर्ने हर्कतहरुलाई उठ्नै नसक्ने गरी थला पार्ने काम गरेको छ । सरकारको यो महत्वपूर्ण राजनीतिक सफलता हो । सरकार व्यवस्थाको रक्षा र संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर लागि परेको छ । अर्थतन्त्र लयमा फर्किएको छ । यसले जनतामा उत्साह पैदा गरेको छ । नेपाल आर्थिक संकटको खतराबाट जोगिएको छ । सरकारको यो सफलता देश र जनताको लागि खुशीको कुरा हो ।’

उनले राष्ट्रिय सभा कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै सबैले गम्भीर भएर लाग्नुपर्ने बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?