Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मेयर बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलले जनाए आपत्ति


२५ चैत्र, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

महासचिव पोखरेलले शनिबार ट्विटरमा लेख्दै मेयर बालेनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’

त्यस्तै, शनिबार बिहान मेयर बालेनले महानगरले अब सिंहदरबारको फोहोर नउठाउने बताउँदै देश बनाउनका लागि सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए ।

 

 


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?