Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

बिमलको नयाँ गीत सार्वजनिक (भिडियो)


२५ चैत्र, काठमाडैँ । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा उनको आफ्नै शब्द, सङ्गीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन् ।

डेढ दशकअघि नेपाली लोकसङ्गीत उहाँका गीतले लोकप्रियताले शिखर छोएका थिए । क्षेत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो । क्षेत्रीले १५ वर्षपछि ‘घर त पर हो’ बोलको गीत सार्वजनिक गरेको जानकारी दिए । “म सङ्गीतको साधनामा नै थिएँ । हराएको चाहिँ होइन । अब निरन्तर लोकगीत बजारमा ल्याउँछु”, उनले भने ।

दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए ।

“विसं २०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा ‘डुल्छु रन वन’ गीतमा मोडलिङ गरेको थिएँ । अहिले १५ वर्षको अन्तरालमा ‘घर त पर हो’ गीतबाट फेरि अभिनयमा फर्केको छु”, उनले भने, “यात्रा सहज नहुँदो रहेछ । चर्चा र लोकप्रियता शेयर बजारजस्तो हुँदो रहेछ । कहिले हरियो त कहिले रातो । भाइरलभन्दा पनि आउँदो पुस्ताले स्वीकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ ।”

शब्द, लय र स्वर उहाँकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिएका छन् । भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?