Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

बिमलको नयाँ गीत सार्वजनिक (भिडियो)


२५ चैत्र, काठमाडैँ । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा उनको आफ्नै शब्द, सङ्गीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन् ।

डेढ दशकअघि नेपाली लोकसङ्गीत उहाँका गीतले लोकप्रियताले शिखर छोएका थिए । क्षेत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो । क्षेत्रीले १५ वर्षपछि ‘घर त पर हो’ बोलको गीत सार्वजनिक गरेको जानकारी दिए । “म सङ्गीतको साधनामा नै थिएँ । हराएको चाहिँ होइन । अब निरन्तर लोकगीत बजारमा ल्याउँछु”, उनले भने ।

दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए ।

“विसं २०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा ‘डुल्छु रन वन’ गीतमा मोडलिङ गरेको थिएँ । अहिले १५ वर्षको अन्तरालमा ‘घर त पर हो’ गीतबाट फेरि अभिनयमा फर्केको छु”, उनले भने, “यात्रा सहज नहुँदो रहेछ । चर्चा र लोकप्रियता शेयर बजारजस्तो हुँदो रहेछ । कहिले हरियो त कहिले रातो । भाइरलभन्दा पनि आउँदो पुस्ताले स्वीकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ ।”

शब्द, लय र स्वर उहाँकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिएका छन् । भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?