Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएका छन्ः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएको बताएका छन् ।

सोमवार काठमाडौंमा स्व. गायक अरुण थापा मगरको २६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पर्यटनमन्त्री भएपछि संस्कृति नीति बनाउने काममा लागेको र अहिले मन्त्रीपरिषद्मा पुगेको बताए । संस्कृति नीति कार्यान्वयनमा आएसँगै पछि परेका संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्ने बताए । प्रजातन्त्र, लोकतन्त्र र नयाँ संविधानपछि बन्ने संस्कृति नीतिले पछि परेका संस्कृतिहरुको उत्थान गर्ने बताए । अभौतिक सम्पदा संरक्षण सम्बन्धी ऐन, राष्ट्रिय सभाको समितिमा छलफलका क्रममा रहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने, ‘समावेशी संविधान बनाएपछि र लोकतन्त्र आएपछि कौडा र देउडा मूलधारमा आएको छ । म यस सरकारको मन्त्री बनेपछि संस्कृति नीति अहिले मन्त्रीपरिषद्मा पुर्यायाएका छौँ । त्यो नीति कार्यान्वयनमा लिएर जानासाथै हाम्रा यस्तै संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्छौँ । त्यसका लागि एउटा वातावरण नयाँ नीतिले बनाउनेछ । प्रजातन्त्र, लोकतन्त्र, यो संविधानपछि बन्ने संस्कृति नीतिले हामीलाई त्यतापट्टि अभिमुख गर्दछ । यतिखेर राष्ट्रिय सभामा अभौतिक सम्पदा संरक्षण सम्बन्धी ऐन, राष्ट्रिय सभाको समितिमा छलफलका क्रममा छ ।’

मन्त्री पाण्डेले भौतिक विषयका साथै अभौतिक विषयहरु पनि संवद्र्धन र विकसित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?