Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएका छन्ः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएको बताएका छन् ।

सोमवार काठमाडौंमा स्व. गायक अरुण थापा मगरको २६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पर्यटनमन्त्री भएपछि संस्कृति नीति बनाउने काममा लागेको र अहिले मन्त्रीपरिषद्मा पुगेको बताए । संस्कृति नीति कार्यान्वयनमा आएसँगै पछि परेका संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्ने बताए । प्रजातन्त्र, लोकतन्त्र र नयाँ संविधानपछि बन्ने संस्कृति नीतिले पछि परेका संस्कृतिहरुको उत्थान गर्ने बताए । अभौतिक सम्पदा संरक्षण सम्बन्धी ऐन, राष्ट्रिय सभाको समितिमा छलफलका क्रममा रहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने, ‘समावेशी संविधान बनाएपछि र लोकतन्त्र आएपछि कौडा र देउडा मूलधारमा आएको छ । म यस सरकारको मन्त्री बनेपछि संस्कृति नीति अहिले मन्त्रीपरिषद्मा पुर्यायाएका छौँ । त्यो नीति कार्यान्वयनमा लिएर जानासाथै हाम्रा यस्तै संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्छौँ । त्यसका लागि एउटा वातावरण नयाँ नीतिले बनाउनेछ । प्रजातन्त्र, लोकतन्त्र, यो संविधानपछि बन्ने संस्कृति नीतिले हामीलाई त्यतापट्टि अभिमुख गर्दछ । यतिखेर राष्ट्रिय सभामा अभौतिक सम्पदा संरक्षण सम्बन्धी ऐन, राष्ट्रिय सभाको समितिमा छलफलका क्रममा छ ।’

मन्त्री पाण्डेले भौतिक विषयका साथै अभौतिक विषयहरु पनि संवद्र्धन र विकसित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?