Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विद्यमान कानूनहरुको कार्यान्वयन गर्न नसके बाल अधिकार थप संकटमा पर्छः सहसचिव बुढा


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले नेपालमा बाल अधिकारसम्बन्धी पर्याप्त कानून भएपनि कार्यान्वयनको अवस्था धेरै कमजोर रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सहसचिव बुढाले यस्तो बताएका हुन् । तीन तहको सरकारबीच समन्वयको अभाव तथा राजनीतिक हस्तक्षेपका कारण बालबालिकासम्बन्धी नीतिहरु कार्यान्वयन हुन नसकेको बताए । उपलब्ध कानूनको समयमै प्रभावकारी कार्यान्वयन गर्न नसके बाल अधिकार थप संकटमा पर्ने उनको भनाइ छ । सहसचिव बुढाले बालबालिकासम्बन्धी ऐन मस्यौदा लेखनको क्रममा रहेको उल्लेख गर्दै छिट्टै समितिमा पठाइने पनि बताए । उनले जलवायु परिवर्तनका कारण बालबालिकामा परेको असर नियन्त्रण तथा डिजिटल सुरक्षाको विषयमा समेत मन्त्रालय गम्भीर भएर लागिररहेको बताए ।

उनले भने, ‘हामीले बनाएका नीतिहरु कति अभ्यासमा छन् त ? हामीले संघ, प्रदेश र स्थानीय तहमा समन्वय, सहकार्य र सहअस्तित्वको रुपमा चाँही कानूनी, नीतिगत र अन्य कामहरु गर्नुपर्ने हुन्छ । तर धेरै ठाउँहरुमा कानून भएपनि त्यसको अभ्यास कम भएको देखिएको छ । यसको मुख्य कारण पावर र पोलिटिक्स हो । यदि उपलब्ध कानूनहरुको पनि सही कार्यान्वयन गर्न सकिएन भने अहिलेको बाल अधिकारहरु पनि कमजोर हुँदै जाने अवस्था छ । अहिले हामीले जलवायु परिवर्तनको कारण बालबालिकामाथि परेको प्रभावको बारेमा हामीले च्याप्टरमै कुरा गरिसकेका छौं । जलवायु परिवर्तनको प्रभाव कम गर्न र अनलाईन सेफ्टीका कुराहरु पनि हामीले उठाइसकेको अवस्था छ ।’

बालबालिकाको अधिकार संरक्षण गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सहसचिव बुढाले कानूनी प्रतिवद्धता पूरा गर्ने सवालमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?