Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

७ प्रतिशत बालबालिकाको १४ वर्षभित्रै हुन्छ विवाह, ५ वर्षमुनिका १९ प्रतिशत बालबालिका कुपोषित


काठमाडौँ। नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको हो । सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रश्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिए । उनका अनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२.३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् । सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताए । उनले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताए । उनले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताए । उनका अनुसार बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ ।

उनले भने, ‘जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाहरुको १० वर्षमुनि विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाहरु ७ प्रतिशत रहेका छन् । १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन् । समग्रमा अहिले बाल विवाह ३० वर्ष रहेको अवस्था देखिन्छ । जबकी हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । नेपालको सन्दर्भमा ५ वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन् । प्रदेशको हिसावमा सबैभन्दा बढी मधेस प्रदेशमा २७ प्रतिशत रहेको छ । र सबैभन्दा कम वागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ । नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन् । अध्ययनले ७९ प्रतिशत बालबालिकाहरु अस्पतालमा जन्मिएको तथा २१ प्रतिशत बालबालिकाहरु घरमा जन्मिन्छन् । यसरी स्वास्थ्य संस्थामा बालबालिकाको जन्म गण्डकी र वागमती प्रदेशमा छन् । सबैभन्दा कम मधेस प्रदेशमा ६७ प्रतिशत रहेका छन् ।’

सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?