Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

अध्यक्ष ओली र नेतृ भण्डारीबीच भ्यासलमा भेटवार्ता (तस्बिरसहित)


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुग्नुभएको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो । बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरुले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरुले बैठकमा राखेका थिए । सोही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा दुई नेताबीच छलफल हुने बताइएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?