Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रहरीसँगको झडपमा कराँचीमा तीन जनाको मृत्यु


२५ चैत्र, एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।

मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । यसैगरी शनिबार बिहानै प्रहरीले शहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको पनि जनाएको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?