Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं


काठमाडौं। कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ । खडेरीले मधेस प्रदेशमा धान रोपाईं हुन सकेको छैन । मधेस प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन् । धान रोपाईं समेत प्रभावित भएको छ । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दैछन् । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन ।

धान राप्न नपाउँदै मधेसका किसान चिन्तित छन् । मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन् । न त सिंचाइको सुविधा पुगेको छ न त वैकल्पिक उपायहरू अपनाइएको छ । धान रोपाईं त परै जाओस् खानेपानीको समेत मधेसमा शुरु भइसकेको छ । मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आईरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरा समेत बढाएको छ । उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो भने यस वर्ष मनसुनमा समेत पानी नपर्दा मात्र ३६ प्रतिशत धान रोपाईं हुन सकेको छ ।

मधेस प्रदेशले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै वारुणयन्त्र परिचालन गरिएको छ । मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । यही समस्यालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठूलो क्षति हुने बताए । कृषिमा आजसम्म ३६ प्रतिशत रोपाईं मात्र भएको बताए । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपार्ईं सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उनले बताएका छन् ।

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताए । उनले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए । मधेसमा सतह मुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिंचाई प्रणाली समेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?