Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

सोमवार शितल निवासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब आफूहरुलाई फुर्सद लिने छुट नरहेको भन्दै काम थाल्नुपर्ने समय आएको बताए । उनले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश भएको उल्लेख गर्दै नेपाल चलचित्र क्षेत्रका लागि एउटा खुला संग्रहालय बन्ने बताए । नेपालको चलचित्र क्षेत्रलाई समृद्धिमा जोडेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामीलाई फुर्सद लिने छुट छैन । हामीले काम थाल्नुपर्छ अहिले नै । चलचित्र क्षेत्रलाई नेचुरल्ली ब्युटि नेपाल हो । कल्चरल्ली यस्तो डाइभर्सिटी भएको दुनियाँमा छैन । नेपाल एउटा लिभिङ म्युजियम हो । एउटा गाउँदेखि अर्को गाउँसम्म जाँदा छुट्टै संस्कार छ, छुट्टै भाषा छ । कल्चरल्ली नेपाललाई समृद्धिमा जोड्न सकेका छैनौँ । त्यसकारण यो हाम्रो कल्चरलाई पनि प्रस्परेटीसँग जोडौँ । चलचित्र क्षेत्रलाई एउटा इण्डस्ट्रीकै रुपमा डेभलप गरौँ न । एउटा इण्डिया बलिउडसँग नसकौँला तर अरु थुप्रै उवहरुलाई हामी साउथ एशियामा जित्नसक्छौँ । त्यो जित्ने हैसियत हामीले कायम गर्नुपर्छ ।’

मन्त्री गुरुङले नेपाललाई आइटी क्षेत्रको हब बनाउन सकिने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?