Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

सोमवार शितल निवासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब आफूहरुलाई फुर्सद लिने छुट नरहेको भन्दै काम थाल्नुपर्ने समय आएको बताए । उनले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश भएको उल्लेख गर्दै नेपाल चलचित्र क्षेत्रका लागि एउटा खुला संग्रहालय बन्ने बताए । नेपालको चलचित्र क्षेत्रलाई समृद्धिमा जोडेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामीलाई फुर्सद लिने छुट छैन । हामीले काम थाल्नुपर्छ अहिले नै । चलचित्र क्षेत्रलाई नेचुरल्ली ब्युटि नेपाल हो । कल्चरल्ली यस्तो डाइभर्सिटी भएको दुनियाँमा छैन । नेपाल एउटा लिभिङ म्युजियम हो । एउटा गाउँदेखि अर्को गाउँसम्म जाँदा छुट्टै संस्कार छ, छुट्टै भाषा छ । कल्चरल्ली नेपाललाई समृद्धिमा जोड्न सकेका छैनौँ । त्यसकारण यो हाम्रो कल्चरलाई पनि प्रस्परेटीसँग जोडौँ । चलचित्र क्षेत्रलाई एउटा इण्डस्ट्रीकै रुपमा डेभलप गरौँ न । एउटा इण्डिया बलिउडसँग नसकौँला तर अरु थुप्रै उवहरुलाई हामी साउथ एशियामा जित्नसक्छौँ । त्यो जित्ने हैसियत हामीले कायम गर्नुपर्छ ।’

मन्त्री गुरुङले नेपाललाई आइटी क्षेत्रको हब बनाउन सकिने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?