Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिव ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । उनले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए । उनले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपालमा जलविद्युत उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार तथा दीगो भविष्यको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ । विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धी नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई उर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ । विद्युत उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रशारण आएको विस्तार र विदेशी लगानी तथा निजी लगानीकर्ताको साझेदारीले उर्जा उत्पादन र आुपर्ती प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको छ ।’

उनले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन गर्न सकिने पनि बताए । उनले विद्युत उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?