Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिव ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । उनले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए । उनले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपालमा जलविद्युत उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार तथा दीगो भविष्यको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ । विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धी नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई उर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ । विद्युत उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रशारण आएको विस्तार र विदेशी लगानी तथा निजी लगानीकर्ताको साझेदारीले उर्जा उत्पादन र आुपर्ती प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको छ ।’

उनले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन गर्न सकिने पनि बताए । उनले विद्युत उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?