Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

अब खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा पाइने


काठमाडौँ। युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ ।

खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताए । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली बजारका इकमर्स, इनासेन्टरबाट नेपालभर विक्री गरिने जानकारी दिए । आफूहरु खादलासलाई नेपालको नम्बर वान सेलिङ ब्राण्ड बनाउने सोचअनुसार अघि बढिरहेको बताए । खादलासका उत्पादनहरुको गुणस्तर राम्रो रहेको र नेपालीहरुले पनि किन्नसक्ने उत्पादन सामग्री रहेको दाबी गरे ।

उनले भने, ‘खादलास युएईको प्रतिष्ठित विगत २५ देखि ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । आजदेखि हामीले नेपालमा भित्र्याएका छौँ । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली मार्केटमा इकमर्स, इनासेन्टरको चेनमा नेपालभर नै विक्री हुँदैछ । नेपालको यो नम्बर वान सेलिङ ब्राण्ड बनाउँछौँ भनेर लागेका छौँ । गुणस्तर धेरे राम्रो छ । नेपालीहरुले किन्नसक्ने प्राइज छ । मार्केट डे बाइ डे बढिरहेको छ ।’

उनले खादलासको नेपालमा बजार दिनप्रतिदिन बढिरहेको र ३० करोड बराबरको बजार भइसकेको दाबी गरेका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?