Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले कानून संशोधनले सुशासन, दिगो विकास र वातावरण संरक्षणमा टेवा पुग्ने मन्त्री चौरसियाको विश्वास


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले दिगो विकास, सुशासन र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विधेयकमाथि राष्ट्रिय सभाबाट आएको संशोधनबारे प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो विश्वास व्यक्त गरे । विधेयक पास भएसँगै प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटीहरु सच्याउँदै नागरिकमैत्री शासन प्रणाली निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ । उनले दुवै सदनको समितिबाट गहन छलफल भएर आएको विधेयक संसदले पारित गरेपछि कार्यान्वयनमा स्पष्टता आउने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘विधेयकको प्रश्तावमा गरिएको व्यवस्थाबाट प्रचलित कानूनमा रहेको प्राविधि त्रुटी सुधार हुनुको साथै नेपालको दीगो तथा सन्तुलित विकास, सुशासनको प्रत्याभुती, वातावरण संरक्षण र नागरिकमैत्री वातावरण कायम गर्ने राज्यको उद्देश्य पुरा गर्न टेवा पुग्ने अपेक्षा गरेको छु । दुवै सदनको समितिबाट गहन रुपमा छलफल भएको विधेयक सम्मानित सदनबाट पारित भएसँगै संशोधन हुने ऐनहरुमा थप स्पष्टता भई कार्यान्वया हुने विश्वास गरेको छु ।’

यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको थियो ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?