Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए । उनले उनीहरुको पनि खोजि भइरहेको बताए । अहिलेसम्म नेपालबाट बाढीमा परि बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको बताए । विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने बताए । खोज, उद्धार, पुनःनिर्माणमा पनि सरकार तयारी अवस्थामा रहेको बताए । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएको दाबी गरे ।

उनले भने, ‘अहिलेको स्थिति कस्तो छ भने २० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ । जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ । ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ । उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ । अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ । सनाखत दुई जनाको मात्रै भएको छ । कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन । त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदी विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ । जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो । खोज, उद्धार, पुनःनिर्माणमा पनि हामी तयारी अवस्थामा छौँ । कुनै कमी नगरी काम गर्नेछौँ । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ । अब जोखिम उत्पन्न भइहाल्यो भने प्रतिकार्यको कुरा हो । खोज, उद्धार, राहत, पुनःनिर्माणको चरण हुन्छ ।’

सरकारले पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?