Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए । उनले उनीहरुको पनि खोजि भइरहेको बताए । अहिलेसम्म नेपालबाट बाढीमा परि बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको बताए । विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने बताए । खोज, उद्धार, पुनःनिर्माणमा पनि सरकार तयारी अवस्थामा रहेको बताए । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएको दाबी गरे ।

उनले भने, ‘अहिलेको स्थिति कस्तो छ भने २० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ । जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ । ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ । उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ । अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ । सनाखत दुई जनाको मात्रै भएको छ । कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन । त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदी विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ । जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो । खोज, उद्धार, पुनःनिर्माणमा पनि हामी तयारी अवस्थामा छौँ । कुनै कमी नगरी काम गर्नेछौँ । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ । अब जोखिम उत्पन्न भइहाल्यो भने प्रतिकार्यको कुरा हो । खोज, उद्धार, राहत, पुनःनिर्माणको चरण हुन्छ ।’

सरकारले पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?