Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन सकेन


काठमाडौँ। तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन असफल भएको छ ।

आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न आफूहरु यस पटक असफल भएको बताएका हुन् । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रश्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन गएका थिए । तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ । वल्र्ड हेरिटेज कमिटीमा भारतसहितका २१ वटा देशहरु थिए । तर भारतले समेत शाक्य वंशको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न कुनै चासो दिएन । मन्त्री पाण्डेकाअनुसार त्यसमा नेपालका पनि केही प्राविधिक त्रुटीहरु रहेको बताए । उनले अर्को पटकको बैठकमा कमीहरु सुधार गरेर आफूहरु अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले भने, ‘सुखद् पक्ष लुम्बिनी गएको १४६ औं वल्र्ड हेरिटेज मिटिङमा खतराको सूचिमा पर्नेबाट जोगाएर हामी आएका छौँ । एक वर्षको समय माग गरेका थियौँ, हामी सुधार गर्छौं भनेर । त्यो कार्ययोजना हाम्रो बन्यो । त्यसपछि काम पनि फटाफट ग¥यौँ । अब यस पटक १४७ औं सेसनबाट लुम्बिनी खतराको सूचिबाट मुक्त भएको छ । हामी ठूलो उत्साह लिएर गएका थियौँ । शाक्य वंशको राजधानी भनेर । लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने थियो । तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो । भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ । भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन । तर हामीले त्यो डिफरबाट, जुन पहिलो चरण स्वीकार गर्नुपर्ने हो, दोस्रो रिफर, तेस्रो डिफर र चौथो रिजेक्टको चार अवस्थामा हामीलाई इकोमसले डिफरको रिपोर्ट दिएका थियो । हामी डिफरमै रह्यौँ, स्थगनकै अवस्थामा रह्यौँ । स्थगत पनि भएन स्वीकृत पनि भएन । अर्को पटक सुधार गर्दै र कुटनीतिक तयारी गर्नेगरी अघि बढ्नेछौँ । अर्को पटक अहिले भएका सबै देशहरु रहँदैनन् ।’

मन्त्री पाण्डेले अर्को पटक कमीहरु सुधार गर्ने, अन्य देशहरुसँग पनि कुटनीतिक पहल गर्नेगरी आफूहरु अघि बढ्ने बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?