Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन सकेन


काठमाडौँ। तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन असफल भएको छ ।

आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न आफूहरु यस पटक असफल भएको बताएका हुन् । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रश्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन गएका थिए । तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ । वल्र्ड हेरिटेज कमिटीमा भारतसहितका २१ वटा देशहरु थिए । तर भारतले समेत शाक्य वंशको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न कुनै चासो दिएन । मन्त्री पाण्डेकाअनुसार त्यसमा नेपालका पनि केही प्राविधिक त्रुटीहरु रहेको बताए । उनले अर्को पटकको बैठकमा कमीहरु सुधार गरेर आफूहरु अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले भने, ‘सुखद् पक्ष लुम्बिनी गएको १४६ औं वल्र्ड हेरिटेज मिटिङमा खतराको सूचिमा पर्नेबाट जोगाएर हामी आएका छौँ । एक वर्षको समय माग गरेका थियौँ, हामी सुधार गर्छौं भनेर । त्यो कार्ययोजना हाम्रो बन्यो । त्यसपछि काम पनि फटाफट ग¥यौँ । अब यस पटक १४७ औं सेसनबाट लुम्बिनी खतराको सूचिबाट मुक्त भएको छ । हामी ठूलो उत्साह लिएर गएका थियौँ । शाक्य वंशको राजधानी भनेर । लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने थियो । तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो । भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ । भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन । तर हामीले त्यो डिफरबाट, जुन पहिलो चरण स्वीकार गर्नुपर्ने हो, दोस्रो रिफर, तेस्रो डिफर र चौथो रिजेक्टको चार अवस्थामा हामीलाई इकोमसले डिफरको रिपोर्ट दिएका थियो । हामी डिफरमै रह्यौँ, स्थगनकै अवस्थामा रह्यौँ । स्थगत पनि भएन स्वीकृत पनि भएन । अर्को पटक सुधार गर्दै र कुटनीतिक तयारी गर्नेगरी अघि बढ्नेछौँ । अर्को पटक अहिले भएका सबै देशहरु रहँदैनन् ।’

मन्त्री पाण्डेले अर्को पटक कमीहरु सुधार गर्ने, अन्य देशहरुसँग पनि कुटनीतिक पहल गर्नेगरी आफूहरु अघि बढ्ने बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?