Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

जनताले वाचा होइन, सरकारसँग जवाफदेहीता खोजेका छन्ः एमाले सांसद बराल


काठमाडौँ। नेकपा (एमाले)की सांसद सुनिता बरालले नेपाली जनताले वाचा नभई जवाफदेहीता खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो धारणा राखेकी हुन् । उनले राज्यका निकायहरु निश्प्रभावी हुँदै गएको कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताईन् । उनले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने विषय समेत निकै संवेदनशील रहेको बताएकी छिन् । यसअघि प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गैरसरकारी संस्थाबाट गएका नागरिकहरु नफर्किएका समाचारहरु सार्वजनिक भएका थिए । उनले संस्था वा व्यक्तिको लाभका लागि असम्बन्धित कार्यक्रममा पठाउने संस्थाहरुमाथि छानविन गरी कानूनी कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले भनिन, ‘कतिपय विदेशी कार्यक्रममा कर्मचारी, नेता, कलाकार, खेलाडी जाने कुरा स्वभाविक छ । विदेशी मुलकले भिसा एप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई सोध्ने गर्दैन । तर अहिले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने गरेको समाचार निक्कै संवेदनशील छ । यदि त्यस्तो हो भने संस्थाले आफ्नो वा व्यक्तिको लाभका लागि यस्तो गरेको हो भने राज्यका निकायहरुमार्फत छानविनको दायरामा ल्याइनुपर्छ । र दोषिलाई कारबाही गर्नुपर्छ । आज राज्यका निकायहरु कमजोर हुने र निश्प्रभावी भएको हुन कि भन्ने कुरमा सरकारको ध्यान जानुपर्छ । आज नेपाली जनताले वाचा होइन जवाफदेहीता खोजेको कुरामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सेवा प्रवाह, सुशासन लगायतका कुरामा ध्यान दिन जरुरी रहेको समेत बताईन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?