Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अख्तियारसम्बन्धी विधेयक ‘कोमा’मा पुग्योः सांसद थानी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गरे । कानून निर्माण प्रक्रियालाई हलुका ढंगबाट लिने प्रवृत्तिका कारण आम जनताले प्रश्न गरिरहेको बताए ।

सांसद थानीले भने, ‘आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ । म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन् । भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ । एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो । तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ । मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ ।’

सांसद थानीले आज मुलुकमा भ्रष्टाचार कहाँ छ होइन, कहाँ छैन भन्ने परिस्थिति पुगेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?