Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार


२४ चैत ,जलेश्वर । महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन् ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल तोडेर फरार भएका थिए ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए ।

फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?