Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भइसक्योः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको आरोप लगाए । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए ।

उनले भने, ‘निकै ठूलो हुंकारसहित गठन भएको सरकार एक वर्ष पूरा गरेको छ । यस बीचमा संविधान संशोधनको चर्चा त हुनै छोडिसक्यो । सरकार आर्थिक विकास र यसको मोडलको बारेमा त सबै उदांगो भइसक्यो । अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको छ । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको छ । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको छ ।’

सांसद बस्नेतले सरकार विपद्को पूर्वतयारीप्रति बेखबर रहेको आरोप लगाए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?