Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आईतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आईतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताए । उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिए ।

उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताएका छन् । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको बताए । २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए । स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताए । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको बताए । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताए ।

उनले भने, ‘हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ । घाइते एक जना । सुरक्षाकर्मी परिचालित कुल १ हजार ९ सय ५० रहेका छन् । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो गाडी बगेका थिए । २ वटा पुल क्षति भएका छन् । एउटा पुलमा आंशिक क्षति पुगेको छ । १६ किलोमिटर सडक स्याँफ्रुबेसीबाट टिमुरेसम्म जाने सडकको धेरै ठाउँमा क्षति छ । १२ सय मिटर जित ठाउँ ठाउँ गरेर पूर्ण क्षति भएको देखिन्छ । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० को धेरै क्षति छ । अरुमा पनि क्षति छ ।’

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा -चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?