Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आईतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आईतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताए । उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिए ।

उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताएका छन् । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको बताए । २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए । स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताए । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको बताए । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताए ।

उनले भने, ‘हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ । घाइते एक जना । सुरक्षाकर्मी परिचालित कुल १ हजार ९ सय ५० रहेका छन् । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो गाडी बगेका थिए । २ वटा पुल क्षति भएका छन् । एउटा पुलमा आंशिक क्षति पुगेको छ । १६ किलोमिटर सडक स्याँफ्रुबेसीबाट टिमुरेसम्म जाने सडकको धेरै ठाउँमा क्षति छ । १२ सय मिटर जित ठाउँ ठाउँ गरेर पूर्ण क्षति भएको देखिन्छ । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० को धेरै क्षति छ । अरुमा पनि क्षति छ ।’

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा -चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?