Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

उपप्रधानमन्त्री एवं रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण


२४ चैत ,काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन्‌ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष सो अवसरमा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैँ अब्बल रहन सकेको भनी सह्राना गरे । उनले भने, “देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी छ, जनताको आशा र विश्वास जगाउन मन्त्रालय तथा सेना मिलेर जाँदा आशातित उपलब्धि हासिल हुनेछ ।”

पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै सेनाले ठूलो योगदान दिएको उल्लेख गर्दै उप्रधानमन्त्री खड्काले विपद् तथा महामारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धिले देशको गौरव बढाएको बताए । प्रधानसेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा विशेष परिस्थितिमा निर्दिष्ट गरिने कानुन बमोजिमका अतिरिक्त जिम्मेवारी बहन गर्न सदैव तत्पर रहेको बताए ।

बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको प्रतिकारका लागि सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकार, मन्त्रालय र जनताको अपेक्षा अनुरुप कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्न कटिबद्ध रहेको बताए ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सेनाको समग्र क्षमता विकासलगायत विद्यमान कठिनाइ समाधानमा नेतृत्वले जिम्मेवारी सम्हाले लगत्तै उपप्रधानमन्त्रीबाट चासो तथा महत्वका साथ निर्देशन प्राप्त भइरहेको बताए ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?