Trending
>>   नेपाली विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले ल्यायो ९.४० करोडको छात्रवृत्ति >>   प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’ >>   अफगानिस्तानको अन्तरिम सरकारले काबुल कब्जाको चौथो वार्षिकोत्सव मनायो >>   दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री >>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का
Logo
३२ श्रावण २०८२, आईतवार
३२ श्रावण २०८२, आईतवार

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको बताए । एमालेले एकतावद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरु सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ । अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महशुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले भण्डारी वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महशुस गरेर राजनीति र एमालेमा प्रवेश गरेका भए त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?