Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहनेका लागि खुला विश्वविद्यालयः अध्यक्ष लिङदेन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आज आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए । उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गरे । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गरिरहनुभएको बताए ।

अध्यक्ष लिङदेनले भने, ‘आज हाम्रा लागि खुशी र गौरवको दिन हो । यो केबल राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि मात्रै होइन । पशुपति समशेर राणा नेपालको राजनीतिमा एउटा यस्तो प्रेरणा श्रोत जसले आफ्नो जीवनको ६ दशक निरन्तर रुपमा सक्रियतापूर्वक अविश्रामपूर्वक आफूलाई क्रियाशिल राख्नुभयो । क्रियाशिल, निरन्तरताको पर्याय हो उहाँ । उहाँबाट धेरै कुरा सिक्नुपर्नेछ । ६० वर्षसम्म अविचलित, निरन्तर रुपमा सार्वजनिक रुपमा सक्रिय रहनु चानचुने कुरा होइन । उहाँ थोरै मान्छेमध्येको एक हो । जसले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गर्नुभएको छ । उहाँ वास्तवमा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय हो । उहाँबाट हामीले पढ्न र सिक्नपर्ने धेरै कुरा छ ।’

अध्यक्ष लिङदेनले जबरालाई आगामी जीवन अझै सहज र सक्रियतापूर्वक अघि बढाउन शुभकामना दिए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?