Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार

आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । उनले गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताए । वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले स्मरण गराए । संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानूनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक पारिएको उनको भनाइ छ ।

उनले भने, ‘जुन बाबुको सन्तानलाई नागरिकता दिन सहयोग गरिरहेका छैनन् । जुन बाबु भौतिक रुपले बाबु भएपनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभाकत्व दिन तयार छैनन् । र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबुपीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो । यदि कोही आमापीडित सन्तान छन् भने बुबाको मात्रै नामबाट पनि नागरिकता पाउनसक्ने व्यवस्था गर्न सकिन्छ । सामान्यतः हामीले आमा कुमाता हुन सक्दैन । आमाले आफ्नो सन्तानको अहित गर्न सक्दिनन् भन्ने सामान्य मान्यता हो । कुनै पनि नागरिकको राष्ट्रियता नै नहुनु भनेको एकदमै पीडादायी हुन्छ । त्यसलाई पनि ख्याल गरेर हामीले विधेयकमा यी प्रश्तावहरु गरेका छौं । आमाले नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ । अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’

गृहमन्त्री लेखकले भोलिको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?