Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताए ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताए । उनले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताए ।

उनले भने, ‘ज्येष्ठ नागरिकसम्बन्धी समस्या महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगको मात्र समस्या होइन । यो स्वास्थ्य मन्त्रालयसँग पनि सम्बन्धीत छ । यो कानून मन्त्रालयसँग पनि सम्बन्धित छ र यो अर्थ मन्त्रालयसँग पनि सम्बन्धीत छ । त्यसकारणले म एक शब्दमा के भन्न चाहान्छु भने यदि हामीले जेष्ठ जनगरिकसम्बन्धी विधेयक ल्याउनुपर्यो भने हामी तीन महिना पहिलेसम्म तयार पार्न सक्दैनौं । हामीले सबैको राय, सुझाव समेत समेटेर ल्याउनुपर्ने भएको कारणले ढिला हुनसक्छ । धेरै माननीय सदस्यहरुले सामाजिक सुरक्षा भत्ता बढाउने कुरा गर्नुभएको छ । अहिले सरकारले खर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाउमा व्यहोरिरहेको छ । तर व्यहोर्ने जुन पद्धति छ यहाँ वनोद चौधरीको आमा–बुबालाई पनि सामापजक सुरक्षा भत्ता दिनुपर्छ । एउटा अर्बपति व्यापारी छ उसले पनि सामाजिक सुरक्षा भत्ता उठाइरहेको छ । यसरी हुँदैन । जसलाई आवश्यक सामाजिक सुरक्षाको उसलाई आर्थिक सहयोग गर्नुपर्छ । यसमा सुधार नगरी हुँदैन ।’

मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?