Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता


काठमाडौँ। ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.सी. हुनुहुन्छ भने सांसदरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक छन् । युवाहरुको बढ्दो पलायनको कारण ज्येष्ठ नागरिकहरुले सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भिर बन्नुपर्ने उनीहरुको माग छ । ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसावले अबको नीति बन्नुपर्नेमा उनहरुले जोड दिए । जरुरी सार्वजनिक महत्वको प्रश्ताव राख्दै सांसद वि.सी.ले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गिकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गरे ।

उक्त जरुरी महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भिर हुन जरुरी रहेको धारणा राखे ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?