Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता


काठमाडौँ। ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.सी. हुनुहुन्छ भने सांसदरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक छन् । युवाहरुको बढ्दो पलायनको कारण ज्येष्ठ नागरिकहरुले सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भिर बन्नुपर्ने उनीहरुको माग छ । ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसावले अबको नीति बन्नुपर्नेमा उनहरुले जोड दिए । जरुरी सार्वजनिक महत्वको प्रश्ताव राख्दै सांसद वि.सी.ले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गिकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गरे ।

उक्त जरुरी महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भिर हुन जरुरी रहेको धारणा राखे ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?