Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुल खानले आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५ समय सान्दर्भिक नरहेको, अस्पष्ट व्यवस्था रहेको तथा वर्तमान परिप्रेक्ष्यमा कार्यान्वयन गर्दा व्यावहारिक देखिएको बताए । उनले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नभएपनि निजी क्षेत्रलाई आपूर्ति गर्न दिने सन्दर्भमा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पने प्रभावबारे विस्तृत अध्ययन आवश्यक रहेको पनि बताए ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐनलाई यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था गर्न निर्देशन दिएको छ । साथै, संशोधन नभएसम्म नुनको आपूर्ति, ढुवानी तथा वितरण साविकअनुसार नै गर्न समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?