Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

वीरगञ्जमा प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु


वीरगञ्ज। महानगरपालिका वडा नम्बर १० मा स्वीमिङ प्रशिक्षणका क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।

आदर्शनगरस्थित लड्र्स दियालो होटलको स्वीमिङ पुलमा बुधवार स्वीमिङ प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु भएको हो । मृतक बजरंगी रौनियार प्रमोद रौनियारका छोरा हुन् । नेपाल स्वीमिङ एशोसिशसन पर्साले आयोजना गरेको १० दिने स्वीमिङ प्रशिक्षण कार्यक्रममा सहभागी बजरंगीको डुबेर अचेत भएपछि नारायणी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।

मृतकका बाबु प्रमोद रौनियारकाअनुसार प्रशिक्षक असेसर पटेल र उनकी छोरीले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । प्रमोदले आफू कार्यालयको कामले पोखरामा भएको बेला छोरालाई प्रशिक्षक असेसरले नै प्रशिक्षणका लागि लगेका थिए । उनले राति ८ बजे छोराको मृत्युको खबर पाएको बताए । मृतकका काका विकास रौनियारले प्रशिक्षकको लापरबाहीका कारण भतिजाको मृत्यु भएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?