Trending
>>   पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे विधान महाधिवेशनमा छलफल गर्न हुँदैनः शंकर पोखरेल >>   बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ >>   जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग >>   सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल >>   मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया >>   वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप >>   ‘निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउँदै सरकार’ >>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु
Logo
१७ भाद्र २०८२, बुधबार
१७ भाद्र २०८२, बुधबार

काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित


२४ चैत ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए ।

करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक/एक रहेका छन् ।

काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।“नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ”, सेढाइले भने ।

उनका अनुसार आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित हुन् । यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ ।

यसैबीच कोभिड सङ्क्रमण दर बढ्न थालेपछि जिल्लास्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने जनाएको छ । समितिले कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयसमेत गरेको छ ।

भीडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ ।

अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्वतयारी गरिएको जनाइएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार एक सय ७४ लाई कोभिड–१९ सङ्क्रमण भएको थियो । यसमध्ये जिल्लाका एक सय ९६ को मृत्यु भएको थियो ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?