Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

आजको राशिफल : २०८२ साल असार २६ गते बिहिबार


आज मिति २०८२ साल असार २६ गते बिहिबार (10  July, 2025)आषाढ शुक्लपक्ष, पूर्णिमा, ०१:५७ बजेपछि प्रतिपदा

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्राको सम्भावना देखिन्छ, विशेष गरी धार्मिक वा काम सम्बन्धी। आर्थिक रूपमा स्थिर दिन रहेको छ , तर भावनात्मक उतारचढाव आउन सक्ने सम्भवना रहेको छ । पुराना मित्रसँग भेटघाट वा सन्देश आदानप्रदान हुनसक्छ। घर–परिवारमा सकारात्मक संवाद र समझदारी बढ्नेछ।

वृष (ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ऋण, बिमा वा कानुनी प्रक्रिया भएकालाई प्रगति मिल्ने दिन रहेको छ। गोप्य योजना वा व्यक्तिगत सोचमा परिवर्तन आउने समय छ। जीवनसाथीसँग आत्मीयता बढ्न सक्छ। साँझतिर ध्यान, प्रार्थनामा मन रमाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेम, सम्बन्ध, विवाह वा साझेदारी सम्बन्धी निर्णयका लागि उपयुक्त समय रहेको छ । व्यापारिक सहकार्यमा सफलता मिल्ने सम्भावना रहेको छ । सामाजिक दायरा बढ्नेछ, तर वचनमा संयमता आवश्यक छ । दिनको दोस्रो भागमा मानसिक सन्तुलन फर्किनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
कार्यक्षेत्रमा परिश्रम अनुसार परिणाम आउनेछ। दैनिक काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यमा थकान र मांसपेशी सम्बन्धी समस्या देखिन सक्छ। घरमा सहयोग र सहकार्यको आवश्यकता देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
मन रमाउने, सिर्जनात्मक काम, मनोरञ्जन वा प्रेमप्रसंगका लागि राम्रो समय रहेको छ । नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने उत्तम दिन रहेको छ । सन्तान सम्बन्धी समाचार वा जिम्मेवारी आउन सक्छ। आत्मसम्मान बढ्ने समय हो।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घर–परिवारप्रति ध्यान जानुपर्ने समय। आवेगमा निर्णय नगर्नु राम्रो, खासगरी घरको विषयमा। घर सजावट, मरम्मत वा व्यवस्था परिवर्तनको सम्भावना। मातापितासँग आत्मीयता बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चार, लेखन, बैठक वा यात्रा सफल बन्न सक्छ। भाइबहिनी वा छिमेकीसँग सम्बन्ध सुधार हुने सम्भावना रहेको छ । आर्थिकरूपमा सामान्य दिन तर प्रतिष्ठा बढ्ने दिन हो। दिनको उत्तरार्धमा समाचार वा निमन्त्रण मिल्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभको राम्रो संभावना छ। पुरानो रोकिएको रकम फिर्ता हुनसक्छ।व्यापार, कारोबार र आर्थिक लेनदेनमा सफलता मिल्नेछ। परिवारमा निर्णय लिँदा सल्लाह लिनु बुद्धिमानी हुनेछ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
चन्द्रमा आफ्नो राशिमा – आत्मबल, आत्मविश्वास उच्च रहनेछ। कार्यक्षेत्रमा स्वतन्त्र निर्णय गर्न सकिने दिन। तपाईंको कुराले अरूलाई प्रभावित पार्न सक्छ। प्रतिष्ठा र आत्मप्रकाश हुने राम्रो अवसर।

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
मानसिक गहिराइ र अन्तर्मुखी प्रवृत्ति बढ्न सक्छ। ध्यान, साधना, मौन वा अनुसन्धानमा सफलता। यात्रा टार्न सकिन्छ, अनावश्यक संवादबाट बच्नु राम्रो। स्वास्थ्य र निन्द्राको तालिका मिलाउनु आवश्यक।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्र वा समूहमार्फत अवसर प्राप्त हुने समय रहेको छ । सामाजिक सञ्जाल वा सार्वजनिक सहभागिता लाभदायक बन्न सक्छ। भविष्य योजनामा स्पष्टरूपले सोच्न सकिनेछ। प्रेम र मित्रतामा सन्तुलन आवश्यक।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
कर्मक्षेत्रमा सफलता र सराहना प्राप्त हुने योग। उच्च पद वा विशेष जिम्मेवारी प्राप्त हुन सक्छ। वरिष्ठको मार्गदर्शन र सल्लाह लाभदायक रहनेछ। घरपरिवारमा तपाईंको रायको महत्व रहनेछ।

 


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?