Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान


काठमाडौँ। जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधवार अर्थ मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जेडीएसले नेपालका युवा सरकारी अधिकारीहरूलाई प्रतिष्ठित जापानी विश्वविद्यालयहरूमा दुई वर्षे मास्टर डिग्री कोर्स र तीन वर्षे डक्टरेट स्तरको कोर्सहरूको लागि छात्रवृत्ति प्रदान गर्दछ । जापान सरकारले कुल १८७ नेपाली सरकारी अधिकारीहरूलाई स्वीकृत गरेको छ, र छनोट प्रक्रिया सफलतापूर्वक पार गरेका थप २२ अधिकारीहरूले यस वर्ष अगस्टमा जापानमा आफ्नो अध्ययन शुरु गर्नेछन् । जेडीएसका पूर्व विद्यार्थीहरूले नेपालको सामाजिक आर्थिक विकासमा संलग्न हुने, नेपाली सरकारमा नेतृत्वदायी पद ग्रहण गर्ने र यसरी जापान र नेपाल सरकार र जनताबीचको सहकार्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?