Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सोवितालाई काँग्रेस सांसद विकको जवाफः सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताएकी छिन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको बताएकी छिन् । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरु कति भए होलान् भन्दै उनले प्रश्न गरिन । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरुलाई मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार भएको जिकिर गरिन । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस सह्य नहुने चेतावनी दिईन् । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहिन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरुले नेपाली पनि नबुझेको भन्ने टिप्पणी गरेपछि सांसद विकले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताएकी छिन् ।

उनले भनिन, ‘सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको छ । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरु कति भए होलान् । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार हो । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस केबल यो सहकारी रिस साँधिएको हो । यस्तो आधारहिन आरोप लगाउनु नैतिक र कानूनी दृष्टिले पनि गलत हो । देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुन्छ । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर उहाँ नै छोडेको भन्ने आरोप छ । तथ्यहीन आरोप लगाएर रे र अरेको भरमा देशको प्रधानमन्त्रीमाथि आरोप लगाउनु यो गरिमामय सदनमा हल्का टिप्पणी गर्नु हो । हामी नेपालीका छोराछोरी हौँ । हामीलाई नेपाली पढ्न आउँछ । सामुदायिक स्कुलमै पढेका हौँ । सरकारी स्कुलमा पढेर आएको हो । नेपाली पनि बुझ्छौँ, नेपाली लाइन पनि बुझ्छौँ । प्रधानमन्त्रीलाई ठाडै आरोप लगाउन पाइन्छ सभामुख महोदय ?’

संसदमा बोल्ने अरुको कुरा नसुन्नि हिँड्ने नयाँ अभ्यास शुरु भएको हो भन्दै प्रश्न गरिन ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?