Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पुर्याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्


काठमाडौँ। नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताएकी हुन् । उनले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताईन् । गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गरिन । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताईन । बोल्दा हेक्क पुर्याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिएकी छिन् ।

उनले भनिन, ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुन्छ । पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनप¥यो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पुर्याएर बोल्न चुनौति दिन चाहन्छु ।’

सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताईन् । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गरिन । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताएकी छिन् ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?