Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गरौँः माओवादी सांसद बेलवासे


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छिन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने बताईन् । त्यसको लागि ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरेकी छिन् ।

उनले भनिन, ‘गणतन्त्रको प्रतिकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायाँै । हामीले मधेसबाट, महिलाबाट, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायाँै । जनताका छोराछोरीहरु राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ । उहाँहरु अहिले राजनीतिमा जाने विषयले निकै चर्चा पाएको छ । उहाँहरु राजीनितिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ । जनसमुदायहरुले विभिन्न तर्क, वितर्कहरु गरिरहेका छन् । कतिपय समस्याहरु छन् । एउटा सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन । आइन्दा त्यसको लागि ठोस व्यवस्था गरेर त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्दछु ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किसकेका छन् ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?