
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली काँग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठक मंगलवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार काँग्रेसले बचेको भान भएको उनको टिप्पणी छ । भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ । उनले आफूहरु सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘नेपाली काँग्रेसको सरकार छ भन्दापनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो प्रजातन्त्रको ओकालत गर्छौं भन्नेहरुले संसदमा एक जना मात्रै छ भने पनि उसको आजाव सुन्नुपर्छ भन्ने वीपी कोइरालालाई काँग्रेसले बेच्यो जस्तो लाग्यो मलाई । किनभने हामीले कयौं दिनदेखि संसदमा भिजिट भिसा प्रकरणबारे आजाव उठाइरहेका छौं । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारका विरुद्धमा गरेको गतिविधि होइन । यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसदमात्र होइन सडकबाट पनि हुन्छ याद राख्नुहोला । भोलि तपाईकै मतदाताले सोध्नेछन्, भिजिट भिसाका कति पैसा कुम्ल्याउनु भयो ? भनेर के जवाफ दिनुहुन्छ ? त्यसकारण संख्याका आधारमा नभई अपराधका आधारमा छानविन समिति बनोस् ।’
उनले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलवार