Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै रास्वपाद्वारा संसद बहिस्कार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै आज पनि संसद बहिस्कार गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद सोविता गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भिर नभएको भन्दै संसद बहिस्कार गर्ने बताएका हुन् । उनले सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाए । सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानविन गर्न माग गरे ।

उनले भने, ‘स्वयं प्रधानमन्त्रीज्यु जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागि हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन् । यसमा व्यक्ति विषेश हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भिर विषय हो । सरकारले नेपाली जनताको ज्युधन र अन्तराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भिर विषयमा पनि उच्चस्तरीय छानविन समिति नबनाएर स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ । हाम्रो हिजो पनि र आज पनि एउटै छ । उच्चस्तरीय छानविन आयोग जसरी पनि बन्नुपर्छ । हाम्रो माग सम्बोधन गर्ने चौडा छाति सरकारसँग रहेनछ सभामुख महोदय । त्यसकारण आज पनि हामी विरोधस्वरुप यो संसद बहिस्कार गर्दछौं ।’

उनले फरक प्रसंगमा बोल्दै बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको गर्न समेत सरकारको ध्यानाकर्षण गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?