Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस्ः सांसद शर्मा


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन आग्रह गरेका हुन् । उनले शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित नभएको बताए । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए हुने उनको भनाइ छ ।

उनले भने, ‘शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित होइन । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए त भइहाल्थ्यो । सल्लाह नै गर्नु थियो भने शिक्षकमात्रै किन ? विद्यार्थी, अभिभावक, संघसंगठन, अभिभभावक, स्थानीय पालिकासँग व्यापक छलफल गर्न उचित हुन्थ्यो । निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चियोस् । यो शिक्षा विधेयक हो, शिक्षक विधेयक मात्रै होइन भनेर सबैले बुझ्दा हुन्छ ।’

सांसद शर्माले निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चाउन आग्रह गरे । सरकारले शिक्षकहरुसँग सहमति गर्ने भन्दै शिक्षा, सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेको छ । समितिले ५ दिनको समय दिएको छ ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?