Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
३० कार्तिक २०८३, सोमबार
३० कार्तिक २०८३, सोमबार

सिमेन्ट कम्पनीहरुको आम्दानी किन घट्यो ?


काठमाडौँ। पछिल्लो समय सिमेन्ट कम्पनीहरुको आम्दानीमा भारी ह्रास आएको छ । ठूला सिमेन्ट उद्योगहरु नै घाटामा सञ्चालन भइरहेको छन् । नाम चलेका अर्घाखाँची सिमेन्ट, मारुती, अग्नी सिमेन्टको नाफामा निरन्तर ओरालो लागेको छ ।

२०८०/८१ मा अर्घाखाँची सिमेन्टले ६ अर्ब ६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ९६ करोडको मात्रै आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ५ अर्ब ७७ करोडको आम्दानी गरेको थियो ।

त्यसअघिको आर्थिक वर्षमा अर्घाखाँची सिमेन्टले ७ अर्ब ५८ करोड आम्दानी गरेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा ब्यापार खुम्चिएको रेटिङ्बाट देखिएको छ । पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा सिमेन्टहरुले भने भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् तर पछिल्ला दिनहरुमा भारतले निर्यातमा कडाइ गर्दा त्यसको असर सिमेन्ट कम्पनीमा परेको छ । नियामकीय अबरोधहरु दीर्घकालिन रुपमा अझै नहटेकाले कम्पनीलाई निर्यातमा अझै चुनौती कायमै रहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार घरेलु माग सुस्त छ । सोही कारणले पनि सिमेन्ट कम्पनीलाई चुनौती बढाएको छ ।

अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७ दशमलव ५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७ दशमलव ५ प्रतिशत लगानी छ ।

कम्पनी हाल ‘अर्घाखाँची सिमेण्ट’ ब्रान्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको थियो ।

अर्को नाम चलेको कम्पनी हो, मारुती सिमेन्ट । मारुती सिमेन्टले चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनामा ३ अर्ब ९८ करोड आम्दानी गरेको छ । कम्पनीको २०७९÷८० मा ४ अर्ब ७५ करोडको आम्दानी गरेको थियो ।

यो सिमेन्टले पनि सोचेअनुसार आम्दानी गर्न सकेको छैन । मारुतीले केयर रिटङ कम्पनीको रेटिङ गराउँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि, बजारमा देखिएको अस्वथ्य प्रतिष्पर्धा, नियमकीय अबरोधले उल्लेख्य आम्दानी हासिल गर्न नसकेको देखाएको छ ।

मारुती सिमेन्ट लिमिटेडको स्थापना सन् १९९४ अक्टोबर ३१ मा भएको हो । जसमा राठी समूह र गोयल समूहका कम्पनीहरू समावेश छन् । कम्पनी हाल सिमेण्ट उत्पादन तथा विक्रीमा संलग्न छ । यसले दैनिक १ हजार ५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने र २ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता राख्ने गरेको छ । कम्पनीले आफ्नो क्लिङ्कर उत्पादन क्षमता थप १ सय ८ सय मेट्रिक टन प्रतिदिन र उत्पादन क्षमता थप २ हजार मेट्रिक टन प्रतिदिनले बढाउने योजना राखेको छ ।

पुरानो नाम चलेको अग्नी सिमेन्टको नाफा समेत घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको छ । सन् २०२४ मा निर्माण कार्यले गति नलिँदा व्यापारमा कमी आएको छ । सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले व्यापार घट्नुको कारण मूल्यवृद्धि पनि एक देखिएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा विक्री गरेको थियो । तर सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

सन् २००७ मा स्थापान भएको कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?