Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास


काठमाडौँ। सर्वाेच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । न्याय परिषद्ले गत जेठ २७ गते उहाँहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाएका छन् । मंगलवार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाएका हुन् । नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ट न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्ने । त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा. कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गर्ने छन् ।

न्यायाधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताए । उनले नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताए ।

उनले सर्वोच्च अदालतमा नवनियुक्त सहित २० जना न्यायाधीशले काम गर्दा मुद्दा फस्र्यौटको प्रक्रियाले गति लिने समेत विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?