Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास


काठमाडौँ। सर्वाेच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । न्याय परिषद्ले गत जेठ २७ गते उहाँहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाएका छन् । मंगलवार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाएका हुन् । नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ट न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्ने । त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा. कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गर्ने छन् ।

न्यायाधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताए । उनले नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताए ।

उनले सर्वोच्च अदालतमा नवनियुक्त सहित २० जना न्यायाधीशले काम गर्दा मुद्दा फस्र्यौटको प्रक्रियाले गति लिने समेत विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?