Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताएका हुन् । उनले प्रत्यक्ष प्रशारण गरेको भए केन्द्रिय समितिको बैठक अझ राम्रो हुने धारणा राखे । केन्द्रिय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताए । आगामी दिनमा सबै केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गरे ।

उनले भने, ‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो । सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ ।’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताए ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?