Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताएका हुन् । उनले प्रत्यक्ष प्रशारण गरेको भए केन्द्रिय समितिको बैठक अझ राम्रो हुने धारणा राखे । केन्द्रिय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताए । आगामी दिनमा सबै केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गरे ।

उनले भने, ‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो । सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ ।’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताए ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?