
आज मिति २०८२ साल असार २४ गते मंगलबार (08 July, 2025)आषाढ शुक्लपक्ष, त्रयोदशी, २४:०६ बजेपछि चतुर्दशी
🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिनको प्रारम्भमा कामको दवाव होला, तर साझँपछि राहतको महसुस हुनेछ। ब्यापारिक काममा उत्साहजनक गति देखिन्छ। निर्णय शक्तिमा बल आउँछ। नयाँ सुरुवातको सोच भए, साझँतिर समय अनुकूल समय रहेको छ । घर–परिवारमा सन्तुलन आवश्यक रहेको छ ।
🐂 वृष (ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक पक्षमा स्थायित्व रहनेछ। पुराना कामलाई पूरा गर्न उत्कृष्ट समय हो। कार्यस्थलमा सहकर्मी वा साझेदारको सहयोग पाइने योग रहेको छ । परिवारमा सन्तुलन कायम रहन सक्छ, तर यात्रामा थकान आउने सम्भावना रहेको छ ।
👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक प्रतिष्ठा बढ्ने योग छ। नयाँ योजना बनाउने, व्यक्तित्व प्रकट गर्ने उत्तम समय रहेको छ । सन्तान वा सिर्जनात्मक काममा सन्तोष मिल्नेछ।दाम्पत्य सम्बन्धमा भावनात्मक सामिप्यता बढ्नेछ।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
पारिवारिक जिम्मेवारी र भावनात्मक निर्णयले दिन व्यस्त रहला। सार्वजनिक काम वा सामाजिक सम्पर्कमा दूरी अपनाउनु राम्रो रहनेछ । घरभित्र सानातिना असमझदारी देखिन सक्छ। साँझतिर मन शान्त हुनेछ, ध्यान वा भजन–कीर्तनमा समय दिनुहोस्।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
सञ्चार, नेटवर्किङ वा व्यापारिक छलफलमा सफलता मिल्नेछ। नयाँ प्रस्ताव वा भेटवार्ता सकारात्मक हुने संकेत रहेको छ ।घरपरिवारमा ठूला निर्णय गर्न हतार नगर्नुहोस्। प्रेमसम्बन्धमा सजगता आवश्यक छ।
🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धन लाभको सम्भावना प्रबल छ।व्यापारमा लाभ र मूल्य वृद्धिको संभावना रहेको छ । तर अनावश्यक खर्चले तनाव आउन सक्छ।पारिवारिक निर्णयमा परिपक्व सोच आवश्यक रहेको छ।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईंको आत्मविश्वास उच्च हुनेछ। नयाँ सुरुवात, साक्षात्कार वा सामाजिक प्रदर्शनको उत्तम दिन रहेको छ ।तपाइको व्यक्तित्वमा आकर्षण र बोलीमा प्रभाव देखिनेछ।प्रेम र पारिवारिक सम्बन्धहरूमा मिठास बढ्नेछ।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चन्द्रमा आफ्नो राशिमा भएकाले मन गहिरो र संवेदनशील हुनेछ। आत्मनिरीक्षण वा पुराना सम्बन्धको समीक्षा गर्ने समय रहेको छ । ध्यान वा एकान्त चाहिने इच्छा बढ्नेछ। व्यवसाय वा कमाइ स्थिर देखिन्छ, तर महत्वाकांक्षामा सन्तुलन आवश्यक रहेको छ ।
🏹 धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
सामाजिक वा समूहगत कामबाट अवसर प्राप्त हुने सम्भावना रहेको छ । पुराना साथी वा नेटवर्कबाट लाभ मिल्ने संकेत छ। भविष्य योजनामा स्थिर सोच आवश्यक रहेको छ । दाम्पत्य जीवनमा सहकार्य बढ्नेछ।
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
कार्यस्थलमा पदोन्नति वा प्रशंसा मिल्ने दिन रहेको छ ।नयाँ जिम्मेवारी आउने संकेत छ। सामाजिक स्तरमा तपाईंको धारणा सशक्त बन्नेछ। घरमा बुवाआमाको सल्लाह अमूल्य बन्न सक्छ।
🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक, बौद्धिक वा विदेशसम्बन्धी अवसरमा गति आउन सक्छ। पुराना अधुरो लक्ष्य तर्फ पुनः चासो बढ्नेछ।आज शिक्षा, दर्शन वा आध्यात्ममा समय लगाउनु फलदायक रहेको छ । घरेलु विवाद सुल्झाउने समय पनि यही हो।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
ऋण, बीमा वा गुप्त काममा सुधार देखिनेछ। अलिक भावुक दिन हुनसक्छ, तर ध्यान वा साधनामा मन लाग्नेछ। साथीसँगको सम्बन्ध सुदृढ बन्नेछ, तर खुला संवाद जरुरी। आत्मसमीक्षा गर्दै अघि बढ्दा लाभ हुनेछ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलवार