Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने


काठमाडौँ। आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ ।

डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा उक्त प्रतियोगिता हुन लागेको हो । टी टेन फरम्याटमा उक्त प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै यस प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

आयोजकका अनुसार स्ट्रिटदेखि स्टेडियमसम्म भन्ने आफ्नो नारालाई सार्थकता बनाउन यो प्रतियोगितामा सामान्य खेलाडीको सहभागिता रहने गरी तयारी गरिएको बताएको छ । त्यसैले पनि यस प्रतियोगिता टेनिस बलबाट खेलाउन लागेको उल्लेख गरेको छ । यस एनएसपिएलमा सातवटा फ्रान्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसका लागि छिट्टै फ्रेन्चाइज टिमको खरिद प्रक्रिया र खेलाडीको अक्सन गरिने नेपाल स्ट्रिट प्रिमियर लिगका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए ।

एउटा टिम खरिद गर्नको लागि ३० हजारदेखि एक लाखसम्म मूल्य तय गरिएको छ । अक्सनमा आफ्नो नाम दर्ता गर्नका लागि खेलाडीले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले उल्लेख गरेको छ । टेनिस बलको प्रतिस्पर्धा भएकाले नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताको लागि स्वीकृत दिएको छैन । तर आयोजकका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट यो प्रतियोगिता आयोजनाका लागि स्वीकृत लिएको छ। डबल राउन्ड रविन लिगको आधारमा यो प्रतियोगिता हुनेछ । लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । आयोजकले यो प्रतियोगिताका लागि अभिनेता निखिल उप्रेतीलाई ब्रान्ड एम्बेस्टरमा घोषणा गरेको छ । सोमबार नै आयोजित पत्रकार सम्मेलनमा अभिनेता उप्रेती र आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली चेयरमेन ज्ञानु सिंह र अभिनेता निखिल उप्रेतीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा अभिनेता उप्रेतीले आफू पनि मार्सलाको खेलाडी भएकाले खेलाडीको समस्या नजिकबाट बुझेको बताए ।

देश र राष्ट्रको पहिचान दिलाउन सबैभन्दा सक्षम खेलाडी नै रहेको तर नेपालको खराब राजनीतिले गर्दा खेलाडीहरूको राम्रोसँग वृद्धि विकास हुन नपाएको उनले औल्याए । देश र राष्ट्रलाई चिनाउने खेलकुदमा जोडिने लक्ष्यका साथ यो प्रतियोगितामा आबद्ध भएको उनको भनाइ छ ।

प्रतियोगितामा कुल २२ खेल हुनेछ । एनएसपिएलले प्रत्येक महत्वाकांक्षी क्रिकेटरले राष्ट्रियस्तर सम्म पुग्नका लागि यस प्रतियोगिताबाट आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर गर्न पाउने आयोजकको विश्वास छ । टेनिस बलमा प्रतिस्पर्धा हुने भएपनि यस प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने आयोजकले दाबी गरेको छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?