Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

सरकारका वाचा व्यवहारमा लागू भएनन् : रेखा यादव


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको वाचा पुरा गर्न नसकेको आरोप लगाएकी छिन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सरकारको वाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकततर्फ उन्मुख भएको तर्क गरिन् ।

उनले भनिन्, ‘एक वर्ष पहिले सरकारले केही वाचा गरेको थियो । मुलुकमा सुशासन दिने कुरा गर्नुभएको थियो । अर्थतन्त्र सुधार, कानूनी राज्य बनाउने कुरा गरेको थियो । हामीले त्यो अपेक्षा गरेका थियौं । तर त्यस्तो हुन सकने । यहाँहरुले भर्खरै कुलिङ अफ पिरियडको अवस्था देख्नुभयो, भिजिट भिसा काण्ड पनि आइरहेकै अवस्था छ । भनेपछि हामीले अराजकता बाहेक केही देखेनौं । त्यो नदेखिसकेपछि साथ दिन सकिन्छ भन्ने लागेन ।’

सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिईराख्ने अवस्था नरहेको पनि उनको भनाइ छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?