Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताए । उनले साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जाज किन्न जरुरी रहेको बताए । उनले राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताए । पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’

प्रधानमन्त्री ओलीले पैसा कमाएर मात्रै नहुने भन्दै पैसा पनि राम्रो ठाउँमा खर्च गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?