Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताए । उनले साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जाज किन्न जरुरी रहेको बताए । उनले राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताए । पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’

प्रधानमन्त्री ओलीले पैसा कमाएर मात्रै नहुने भन्दै पैसा पनि राम्रो ठाउँमा खर्च गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?