Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

२१ दिनदेखि रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनसन


काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको रिले अनसन जारी रहेको छ ।

रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको रिले अनुसन जारी राखेको हो । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ ।

समितिले यसले व्यवसायीहरुलाई धेरै मर्का पर्ने बताएको छ । उनीहरुले कानून बमोजिम नगद सरह सम्पतीको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्राणली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरु पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरुले आफ्नै क्षेत्रमा सहज रुपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् । उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानून निर्माण गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?