Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न संसदीय समितिको निर्देशन


काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन् । उनले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए । बैठकमा यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए । सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरुको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरुमा हेक्का राख्न चेतावनी दिएका छन् ।

उनले भने, ‘तपाईहरुले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनु भएको छ । कहिले बैठक बोलाउ, कहिले बैठक स्थगित गर । यो कति पटकसम्म ? अब अन्तिम समय हो । तपाई अनिश्चित नभन्नुस् फेरी । सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस् । थप विषय लिएर आउने होइन फेरी यही विषयमा सहमति गरेर कति दिनमा आउने हो ? मन्त्रीज्यूले भनिदिनुपर्यो ।’

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका छन् ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?