Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित


काठमाडौँ। संकटा र मच्छिन्द्र क्लवले एन्फा यु–१६ युथ लिगमा फराकिलो जितबाट शुरूवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवमाथि ५–० को फराकिलो जित निकालेको छ । संकटाको जितमा पेम्बा तमाङले दुई गोल तथा प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलले समान एक गोल गरे । दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफमाथि ४–१ को सहज जित निकालेको हो । मच्छिन्द्रका लागि सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे । एपिएफका लागि पूजन ढकालले सान्त्वना गोल फर्काएका थिए ।

संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो । खेलको १५औं मिनेटमा करणले गोल गर्दै अग्रता दिलाए । २४औं मिनेटमा सुमितले संकटाका लागि दोस्रो गोल गरे । ३२ औं मिनेटमा प्रजलकुमारले गोल गरेपछि संकटा पहिलो हाफमा ३–० ले अगाडि रह्यो । पेम्बाले ६०औं र ६६औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि संकटाले फराकिलो जितसककंगै युथ लिगको शुरुवात गर्यो ।

दोस्रो खेलमा मच्छिन्द्र एपिएफमाथि पूर्ण हाबी हुँदा दुई खेलाडी विकास र सुमन चम्किए । खेलको चौथो मिनेटमा नै विकासले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि सुमनले २८औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई ३–० ले अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट समान एक गोल भयो । ५४औं मिनेटमा पूजन ढकालले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे । तर, इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल थप्दै मच्छिन्द्रलाई ४–१ को सहज जित दिलाए ।

यसअघि प्लानिङ ब्वाइज, आर्मी र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिगको तेस्रोमा जित निकालिसकेका छन् । युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गरिरहेका छन् । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीका साथै सशस्त्र प्रहरी बल एपिएफ, त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेण्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिग खेल्दैछन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?