Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहेको बताए । चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरु नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गरेका छन् । मान सरोवर जानका लागि आएका करिव ३ हजार विदेशी पर्यटकहरु अहिले नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेको बताए ।

सांसद खनालले भने, ‘यति बेला मानसरोवरको सिजन हो । संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको छ । तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरु नेपालका विभिन्न नाका काठमाडौंमा पनि ठूला ठूला होटलहरुमा ७०—८० जनाको समूह समूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरुलाई छेक्ने काम भएको छ । पहिला ४ दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन । भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ । तत्काल गर्नुपर्ने देखियो ।’

सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताए ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?