Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहेको बताए । चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरु नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गरेका छन् । मान सरोवर जानका लागि आएका करिव ३ हजार विदेशी पर्यटकहरु अहिले नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेको बताए ।

सांसद खनालले भने, ‘यति बेला मानसरोवरको सिजन हो । संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको छ । तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरु नेपालका विभिन्न नाका काठमाडौंमा पनि ठूला ठूला होटलहरुमा ७०—८० जनाको समूह समूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरुलाई छेक्ने काम भएको छ । पहिला ४ दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन । भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ । तत्काल गर्नुपर्ने देखियो ।’

सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताए ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?