Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख गरे । उनले जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुने बताए । उनले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताए ।

सांसद ज्वालाले भने, ‘सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मानिन्छ । तर नेपालका सन्दर्भमा हवाई सेवा असुरक्षित भएको पीडा भोगिरहेका छौँ । ठूला घटना भइरहेका छन् । आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ । यो गम्भीर कुरा हो । सबै कुराको जग भनेको कानून नै हो । हामीले नीति बनाउने तर नीतिअनुसार कानून नबनाउने गरेका छौँ । कानून बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ । हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ । जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ । कानून बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानून बुझ्ने पनि बनाइदिनुपर्छ नि त ।’

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानूनको छातामुनि राख्नु नहुने बताएका छन् ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?