Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख गरे । उनले जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुने बताए । उनले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताए ।

सांसद ज्वालाले भने, ‘सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मानिन्छ । तर नेपालका सन्दर्भमा हवाई सेवा असुरक्षित भएको पीडा भोगिरहेका छौँ । ठूला घटना भइरहेका छन् । आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ । यो गम्भीर कुरा हो । सबै कुराको जग भनेको कानून नै हो । हामीले नीति बनाउने तर नीतिअनुसार कानून नबनाउने गरेका छौँ । कानून बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ । हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ । जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ । कानून बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानून बुझ्ने पनि बनाइदिनुपर्छ नि त ।’

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानूनको छातामुनि राख्नु नहुने बताएका छन् ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?